News

राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ

राष्ट्रिय झण्डा जलाउने एक जना पक्राउ
राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो बनाउने क्यामेरामेन पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको प्रहरी जानकारी दिएको छ।

यद्यपी उनको परिचय भने खुलाइएको छैन। यस भिडियोका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । गीतका शब्दहरु यहाँ उल्लेख गर्न लायक पनि छैनन् । म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ ।

उक्त गितमा मंगोल ग्याल्जले स्वर दिएका छन् ।
अगस्ट १७ मा युट्युवमा हालिएको यस भिडियोमा लाइक भन्दा पनि डिस्लाइक बढी आइरहेको छ । यो समाचार तयार पार्दासम्म उक्त भिडियोले २ लाख ३९ हजार भन्दा भ्यूज पाउँदा ६७ हजार डिस्लाइक पाएको छ । बिहान १ हजार पनि भ्यूज नभएको यो भिडियो बितेको ५ घन्टाको अवधिमा २ लाख ४० हजार भ्यूज पाएको छ । आज बेलुकासम्म यो भिडियो युट्युवमा रहेको खण्डमा १० लाख भन्दा बढी भ्यूज पाउने अनुमान गरिएको छ ।

उक्त म्युजिक भिडियो मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको देखिन्छ।

महाशाखाले यस्तो भिडियोलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ।

कानुनमा के छ ?

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न।

उक्त ऐनको दफा १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्न नहुने उल्लेख छ ।

कसैले नेपाल वा नेपाल सरकार विरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सर्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान झण्डा वा नेपालको निशान छाप प्रयोग गर्न हुँदैन ।

उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

Related Articles

Back to top button
Close