News

उपत्यकामा आज पनि थपिए थप २०५ जना कोरोना संक्रमित

उपत्यकामा आज पनि थपिए थप २०५ जना कोरोना संक्रमित
काठमाण्डौ, काठमाण्डौ उपत्यकामा आज थप २०५ जनामा कोरोना पुष्टि भएको छ ।संक्रमित मध्ये काठमाडौं १३८ , भक्तपुर १७ र ललितपुरमा ५० जना रहेका छन् ।

काठमाडौं , कोभिड-१९ संकट व्यस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्दैछ । कोरोना भाइरसको संक्रमण बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सीसीएमसीको बैठक बस्न लागेको हो ।सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकले संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने बताइएको छ । सरकारले एकमुष्ट रूपमा लकडाउन नगरे पनि स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन् ।यसअघि हिजो बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि रणनीति बनाउन सीसीएमसीलाई निर्देशन दिनुभएको थियो

बुधबारसम्म रणनीति पेश गर्न दिइएको निर्देशन अनुसार नै आज सीसीएमसीको बैठक बस्न लागेको बताइउको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद्का अधिकांश सदस्यले देशभर दुई साता कडा लकडाउन गर्न माग गरेका थिए ।तर लकडाउनले अर्थतन्त्रमा पारेको असरलाई ध्यान दिदै स्थानीय तहलाई नै लकडाउन या निषेधाज्ञा जारी गर्ने अधिकार

सरकारले प्रत्यायोजित गरिसकेको छ ।यता काठमाडौं उपत्यकामा बढ्दो संक्रमणलाई ध्यान दिएर उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले भदौ १५ गतेसम्मका लागि निषेध जारी गरेपनि थप कडाई गर्न आवश्यक भएको निष्कर्ष निकालिसकेका छन् ।

Related Articles

Back to top button
Close