Entertainment

बृहस्पति,शनि र केतुमाथि राहुकाे दृष्टिले गर्दा पुनः कोरोना संक्रमण बढेको हो : ज्याेतिषी रिजाल

बृहस्पति,शनि र केतुमाथि राहुकाे दृष्टिले गर्दा पुनः कोरोना संक्रमण बढेको हो : ज्याेतिषी रिजाल
संसारभर एकैपटक मानव इतिहासले यतिठुलो विपत्तिकाे सामना गर्नु पर्ला भनेर सायदै कसैले साेचेका पनि थिएनन् । यति लामाेसमय भैसक्दा पनि यसकाे कुनै प्रकारकाे ‍औषधी पत्ता लाग्न सकेकाे छैन् । संसारभरका वैज्ञानिकहरु ‍औषधी बनाउन लागि परेका छन् ।

गतवर्ष डिसेम्बर अन्तिमा चिनबाट सुरु भएकाे कोरोना भाइरस (काेभिड -१९) अहिले पुरै विश्वभर फैलिएको छ । पृथ्वीबाट मानव बस्तीलाई अन्यत्र ग्रहमा बसाउन परिकल्पना गरेकाे आधुनिक विज्ञानको सपना यहीँ भाइरसका कारणले पछाडी धकेलिएको छ ।

केही मानिसहरुले ग्रहमा मानव बस्तीको परिकल्पना गरेका थिए भने केहीले ग्रहहरुलाई भगवानका रुपमा पुजागर्दै आइरहेका छन् । धर्म भनैकै विज्ञान हाे र विज्ञान भनेकै प्रकृति हाे । विज्ञानले प्रकृतिमा भएका वस्तुहरुकाे खाेजिगर्ने हाे भने धर्मले प्रकृति र ब्रह्माण्ड एकैसाथ अध्ययन र खाेजी गर्ने गर्दछ ।

धार्मिक ग्रन्थका रुपमा रहेकाे प्राचीन ग्रन्थ वेदमा बताइए अनुसार पृथ्वीमा मानव लगाएत सबै प्राणीको अस्तित्व नै समाप्त हुने समय आउँदा पुजा गर्नका लागि भनेर पवित्र मृगचरण भएकाे भूमि देवताहरुले चन्द्रमामा सुरक्षित राखेकाे भनेर वेदकाे भाष्य सत्पथ ब्राह्मण नामक ग्रन्थमा उल्लेख गरिएको छ ।

यहीँ भएर ८४ वर्षमा चाैरासी पुजागर्दा चन्द्रमाकाे पुजागर्नु पर्ने नियम रहिआएको छ । प्रकृतिमा हुने हरेकप्रकारका विपत्ति हरुकाे बारेमा प्राचीन ग्रन्थहरुमा उल्लेख गरिएको छ । काेराेना र सलह किराकाे बारेमा पनि गणेश पुराणमा उल्लेख गरिएको छ । सरकारी स्तरबाटै यसकाे खाेजि अनुसन्धान गरेर वेदमा उल्लेख गरिएअनुसार विधिबाट उपचार या सावधानी अपनाउन सकेकाे भए यसकाे प्रभाव कम गर्न सकिने ज्याेतिषी सुरेशचन्द्र रिजालले बताए ।

ब्रह्माण्ड सम्बन्धि अध्ययन गर्नेहरुले आकाशमा छरिएर रहेका ग्रह,राशि तथा नक्षत्र हरुकाे सम्बन्ध बाट कुन समयमा कस्ताखाले तरङ्गहरु आउदछ र यसकाे प्रभाव कहाँ र कतिसम्म रहिरहन्छ र विगतमा पनि यस्तै याेग हुदा कस्ता प्रकारका समस्याहरु देखा परेका थिए भन्ने आधारमा अनुसन्धान गर्नेगरेकाे ज्याेतिषी रिजालले बताए ।

नेपाल सरकारले ज्याेतिषीकाे परामर्शबाट पनि सरकारका कार्यनीति बनाउन सकेमा ८० प्रतिशत कामहरु सफल पनि उनको दाबी छ ।

ज्याेतिषी रिजालले ग्रहकै अध्ययनबाट काेराेना भाइरस सुरु भएकाे दावी गर्दै छ महिना पछि पुनः ७७ आषाढ ७ गते लाग्ने सूर्यग्रहणपछि यसकाे प्रभाव नेपालमा कम हुँदै जाने र विश्वमा नै घट्ने क्रममा रहने भन्दै एक अनुसन्धान नै सार्वजनिक गरेका थिए ।

आषाढ ७ पछि सरकारले विज्ञहरुसंग छलफल गरेर विशेष सावधानी अपनाउन सकेकाे भए अहिले यस्ताे अवस्था नआउने उनको जिकिर छ ।

काेराेना परिक्षणका क्रममा कम देखिने बित्तिकै आगामी दिनमा कस्ताे हुने हाे पूर्वानुमान नगरी हतारमा निर्णय लिदा फेरि पहिलेकै अस्थामा जानुपर्ने अवस्था आएकाे उनी बताउँछन् ।

अब भाद्र २५ सम्म उच्च सावधानी अपनाउनु पर्ने देखिएकाले सुरक्षित कदमचाल्न आग्रह गरिएको छ । सकारात्मक ग्रहकाे याेगबन्दा सकारात्मक तरङ्ग हरु पृथ्वीमा आउने हाे भने नकारात्मक ग्रहकाे याेगबन्दा नकारात्मक तरङ्ग आउने हाे ।

Related Articles

Back to top button
Close