International

२० देखि ४० वर्ष उमेरसमूहबाट तीव्र रुपमा कोरोना फैलिँदै छः डब्लूएचओ

२ भाद्र, एजेन्सी ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले २० देखि ४० वर्ष उमेरसमूहका मानिसहरुबाट तीव्र रुपमा कोरोना संक्रमण फैलिएको बताएको छ ।डब्लूएचओेले यो उमेरसमूहका धेरै मानिसलाई आफू संक्रमित छु भन्ने थाहा नहुँदा संक्रमण फैलिँदै गएको बताएको हो । पहिले पाका उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय विश्वव्यापी रुपमै यूवावयका व्यक्तिहरुमा संक्रमण देखिने क्रम बढिरहेको छ ।

यसले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध नभएका क्षेत्रका बूढाबूढी र बिरामी व्यक्तिहरुलाई जोखिममा पारेको पनि डब्लूएचओले बताएको छ । ‘महामारीको स्वरुप परिवर्तन भएको छ,’ डब्लूएचओका पश्चिम प्रशान्त क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार भर्चुअल ब्रिफिङका क्रममा भने, ‘२० देखि ४० वर्ष उमेर समूहका व्यक्तिबाट कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।

तीमध्ये धेरैलाई त आफू संक्रमित छु भन्ने पनि थाहा छैन ।’ कोरोना भाइरसको संक्रमण नियन्त्रणमा छ भनिएका देशहरुमा समेत पछिल्लो पटक तीव्र रुपमा संक्रमण फैलिइरहेको छ । ‘पछिल्लो पटक कोरोना संक्रमणमा फेरि उच्च वृद्धि मात्रै देखिएको छैन, एसिया–प्रशान्त क्षेत्रमा हामी महामारीको अर्को नयाँ चरणमा प्रवेश गरिरहेका छौं,’ क्षेत्रीय निर्देशक कासाइले भने ।

विश्व स्वास्थ्य संगठने कोरोनाविरुद्धको खोप निर्माण गरिरहेका सबैलाई आवश्यक अनुसन्धान पद्धति र विकासको चरणलाई पालना गर्न पनि आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close