News

काठमाडौं उपत्यकामा भोलीदेखि १ साता निषेधाज्ञा

भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा लकडाउन हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।

केही दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले लकडाउन गर्ने निर्णय गरेको हो।

मंगलबार मात्रै मुलुकभर हालसम्मकै सबैभन्दा बढी १ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । मंगलबार मात्रै काठमाडौं उपत्यकामा २ सय ५ कोरोना संक्रमित फेला परेका छन् ।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि जिल्लास्तर वा जिल्ला भित्र लकडाउन, निषेधाज्ञा गर्न सक्ने गरी सबै अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको थियो । साेहि अधिकारकाे प्रयाेग गरी जिल्ला प्रशासनले लकडाउनकाे निर्णय गरेकाे हाे।

अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारीसाधन समेत चलाउने नदिने निर्णय भएको छ। अत्यावश्यक बाहेकका अन्य व्यापार व्यवसाय पनि बन्‍द हुनेछन्।

Related Articles

Back to top button
Close