News

कोरोना दिनका दिन बढीराको छ , के फेरी लकडाउन गर्दा ठिक होला त् ?

काठमाडौं उपत्यकाका पछिल्ला दिनमा कोरोना महामारी बढेसँगै निषेधाज्ञा जारी गरिने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भोली रातीबाट लागू हुनेगरी १ साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार भोली राती १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गरिने समयमा अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८५ जनाले कोरोनालाई जितेर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ ।

त्यस्तै आज काठमाडौँ उपत्यकामा २ सुय ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । १३ हजार २ सय ६१ जनामा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close