News

सोनिकाको गा ली पछि राम बोले, पारससंग झगडा गरेर क्यामेरा फुटाएको खुलासा

चर्चा र आलोचनामा फसिरहने मोडल तथा चर्चित युट्युबर फेरि वि वा द मा तानिएकी छन् । केही समयअघि पुर्व युवराज पारस शाह संग नजिक भएका कारण आलोचित भएकी सोनिका यो पटक आर्थिक लेनदेनका कारण विवादमा मुछिएकी हुन् । उनले यो कुराको सुरुवाती आफैले गरेकी हुन् । फेसबुकमा लाईभ गर्दै राम गौतमको नाम लिएर ज था भा वी अ श्ली ल गाली गरेकी छन् । गौतमले यो कुरा थाहा पाएपछि बोलेका छन् ।

एक अनलाइनको लागि टेलिफोन सम्बादमा कुराकानी गर्दै गौतमले यो आर्थिक लेनदेनको कारण भएको खुलाएका हुन । लाईभमा सोनिकाले पनि ‘पैसा ठुलो होइन मानवता ठुलो हो, म पागल हो, मेरो कारणले एउटा मान्छे म र्दै छ’ भन्दै आर्थिक लेनदेनकै वि वा द हो भन्ने झल्को दिएकी थिइन् । गौतमले आफ्नो छोरा रोहितले गरेको कामको पैसा नदिएको कारण यस्तो अवस्था सिर्जना भएको सुनाए । पैसामा सोनिका सारै किचकिच गर्ने उनले आरोप लगाए ।

उनको छोराले सोनिकाको युट्युब च्यानलमा एडिटरको काम गर्थे । भिडियो एडिट गरेको उनले मासिक तलव स्वरुप सुरुमा २० हजार दिने सहमती भएको थियो । कैले १० हजार कैले ५ हजार पठाउन थालेपछि दिक्क लागेर पैसा पाईन्छ भन्ने सोचले रामले सोनिकाको कम्प्युटर लिएको बताए । सोनिकाले उक्त कम्प्युटर दिन भनेपछि एक हात पैसा अर्को हात कम्प्युटरको प्रस्ताव राखे । सोनिकाको बैनिले हिसाब मागेपछि पूरा हिसाब लेखेर सोनिका र उनको बैनी दुबैजनालाई म्यासेन्जरमा रामले पठाए । तर कति बाकी हो भन्ने कुरा भने उक्त कुराकानीमा खुलेको छैन ।

सोनिकाले आफुले दिएको हिसाब पनि नराख्ने अनि आफुले देखाउदा हिसाब देखेपछि तपाईं लुट्न बसेको भन्दै आरोप लगाएको बताए । ५ हजारमा काम गर्दिनु भन्दै रुएको र आफुले भन्दा पनि छोराले गर्ने भएको कारण उनले नमान्ने भन्दै ५ हजारमा काम गर्न नसक्ने सुनाए । रामले कुराकानीमा सोनिकाले भने बमोजिम १ वर्षसम्म २० हजार दिएको पनि स्वीकारे । फागुन महिनामा पारस संग मस्तिमा पोखरा घुम्दा खेरी आफुलाई पैसा नपठाएको आ रो प लगाए । लकडाउन भएपछि आफ्नो नैतिकताले पनि नदिने भन्दै चैतदेखी मासिक १० हजारका दरले दिन भने पछी उक्त कुरामा सोनिकाको पनि सहमती भएको बताए ।

बिचमा पैसा पठाईरहेकि सोनिकाले यो गएको महिनाको पैसा नपठाएको उनको गुनासो छ । जसका कारण एकपछी अर्को बाकी रकम बढ्दै गएको थियो । यता रामले कुराकानिमा अर्को कुरा पनि खुलाएका छन् । पोखरा घुम्न जादा सोनिकाले पारससंग झगडा गरेर क्यामेरा फुटाएको कुरा खुलासा गरेका हुन् । रामका अनुसार उक्त क्यामेरा सोनिकाले केही ठाउमा बनाउन देखाए तर नबनेपछी आफुलाई बनाईदिन जिम्मा लगाएको र लाग्ने खर्च पनि दिने सोनिकाले भनेकी थिइन् । तर, क्यामेरा बनाउन दिएको ठाउमा गई अनेक बाहाना गरि रामले क्यामेरा बनाएको ६ हजार पैसा दिने भन्दै क्यामेरा लगेको र सो पैसा पनि अहिलेसम्म नदिएको उनले बताए ।

यस्तै लकडाउन सुरु भएदेखी अफिसको ५० हजार भाडा तिर्न नसकेपछि अफिस पनि आफुले अरुलाई बेचाईदिनु परेको सुनाए । त्यसपश्चात् भिडियो एडिटको काम रामको छोराले घरमै बसेर गरिरहेका थिए । सोनिकाले समस्यामा छु भन्दै ५ हजारमा काम गर्न भनेपछि त्यो नसक्ने भन्दै अर्को मान्छे खोज्न र त्यो बेलासम्म आफुले कामको एक सुक्का पनि नलिने कुरा रामले भने । सोनिकाको बैनी सुधाले बाकी रकम तिर्न रहेको स्वीकार गरे । तर, सोनिकाले लुट्न खोजेको रामले आरोप लगाए । आफुले उक्त लाइभ भिडियो नहेरेको भन्दै सुधाले बाकी पैसा २/४ दिनमा दिन्छौ तर कम्प्युटर दिनुस भनेको तर कम्प्युटर दिएपछि उक्त पैसा नपाउने उनको भनाइ छ ।

युट्युबको माध्यम हुँदै युवापुस्ता माझमा निकै लोकप्रिय बनेकी उनी यो पटक लाईभमा निकै आ क्रो शि त देखिएकी थिइन् । यस्ता आर्थिक लेनदेनका कुरा आपसी समझदारीमा नमिलाएर एक्कासी फेसबुक लाइभमा यस्ता कुराहरु भन्नु या यसरी प्रस्तुत हुनु उनि आफैमा लज्जाको कुरा हो । उनले राम गौतमको क र्तु त बाहिर ल्याउछु भन्दै गो लि हा न्छु सम्म भनेकी छन् । आफ्नो आमाले फेसबुक लाइभ रोक्न खोज्दा आमालाई नै गाली गरेको लाइभमा देख्न सकिन्छ ।

Related Articles

Check Also
Close
Back to top button
Close