News

राष्ट्र्कविको निधनप्रति प्रधानमन्त्री ओलीले भने – देशले साहित्यका एक विशिष्ट साधक गुमायो

ओलीले घिमिरेको निधनबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको उल्लेख गर्दै साहित्य मार्फत उनले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन् –

राष्ट्र कवि माधवप्रसाद घिमिरेको १०२ बर्षको उमेरमा आज दुःखद निधन भएको छ । उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गुमाएको छ । साहित्य मार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन् ।

शोकको यस क्षणमा म उहाँप्रति उच्च सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्दछु । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

Related Articles

Back to top button
Close