News

पर्सामा २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पर्साको वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैगरी भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो । नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको प्रशासन कार्यालयले जनाएको छ । पर्सामा हालसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close