Entertainment

बुबाको मुख हेर्ने दिन : नायिका प्रियंका कार्कीले यसरी सम्झिइन् जन्मदिने बुबालाई

बुबाको मुख हेर्ने दिन : नायिका प्रियंका कार्कीले यसरी सम्झिइन् जन्मदिने बुबालाई

काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।

बुबाको मुख हेर्ने दिनकै अवसरमा चर्चित नायिका तथा निर्मात्री प्रियंका कार्कीले बाबुको मुख हेर्ने दिनको अवसरमा आफ्ना बाबु भुपेन्द्र कार्कीको तस्विर पोष्ट गर्दै यो विशेष दिनको शुभकामना ब्यक्त भन्दै इस्टाग्राममा स्टाटस पोस्ट गरेकी छिन् । प्रियंकाले बाबुको उक्त तस्विर सहित स्टाटसमा प्रिय बाबा भन्दै निकै खुलेकी छिन् ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।

Related Articles

Check Also
Close
Back to top button
Close