Horoscop

बागलुङ कालिका माता काे दर्शन गरि २०७७ साल भदौ ४ गते विहिवार (आज)काे राशिफल हेर्नुहोस्

२०७७ साल भदौ ४ गते विहिवार प्रतिपदा तिथि पूर्वफल्गुनी नक्षत्र चन्द्रमा सिंह राशिमा ।

मेष राशि : घर परिवारमा केहि शान्तिको वातावरण भएता पनि मनमा भने अशान्ति नै रहने छ । प्रेम सम्वन्ध तथा दाम्पत्य जीवनमा भने राम्रो हुनुका साथै साथ र सहायोग प्राप्त हुनेछ ।

वृष राशि : तपाईको आलोचना गर्ने व्यक्तिहरु बढ्ने छन जागिर वा व्यपारीक क्षेत्रमा सम्यमता अपनाउँदा राम्रो हुनेछ । अरुका कुरामा ख्याल नगरि अगाडि बढ्दा राम्रो हुनुका साथै आर्थिक पक्ष राम्रो हुनेछ ।

मिथुन राशि: स्वास्थ्य समस्याले भने सताउने नै छ । मन अशान्त हुने छ स्वास्थ्यको कारणले गर्दा अचल सम्पति जोड्ने समय छ थोरै मेहिनत गर्दा कुटुम्भको सहयोग प्राप्त हुनेछ ।

कर्कट राशि : तपाईको एक्ले प्रयासले गर्दा सामुहिक काममा धेरै ठुलो सफलता हात पर्ने छ । सहयोगीहरुको साथ प्रप्त हुनुका साथै मानसम्मानमा वृद्धि हुनेछ । आर्थिक लाभको समय छ ।

सिंह राशि : नगरेको गल्तिमा फस्नुभएको थियो भने छुटकारा पाउनुु हुनेछ । गालि गर्नेहरु प्रसंशा गर्न थाल्नेछ । आर्थिक हानि भने हुनेनै छ । तथा व्यवसायमा सोचेको अनुरुप काम हुनेछैन ।

कन्या राशि : व्यवसाय फस्टाएर जानुका साथै नयाँ व्यवसायमा नसोचेको लाभ हातपर्ने छ । दाम्पत्य जीवन वा प्रेमी प्रेमीकामा भने समस्या देखा पर्ने छ । वोल्दा विचार गर्नु होला ।

तुला राशि : दिन तपाईको पक्षमा हुन गाह्रो हुने कारणले गर्दा मन अशान्त हुने तथा जागिर वा व्यवसायमा झुटा आरोप लाग्न सक्नेछन् । आर्थिक हानिको समय पनि छ सन्तानलाई स्वास्थ्यमा समस्या देखापर्न सक्नेछ ।

वृश्चिक राशि : थोरै मेहिनत गर्दा पनि ठूलो सफलता प्राप्त हुनेछ । भाग्यमा रोकिएको धनका साथै कामहरु बन्नेछ । साथिभाइ सँग भएको मनमुटाव मिल्नेछ ।

धनु राशि : आर्थिक लाभको समय छ । चौतर्फ प्रशंशा प्राप्त गर्नुहुनेछ । जागिरमा पदोन्नतीको सम्भावना देखिन्छ । अहिले सम्म विग्रेको काम बनेर जानेछ ।

मकर राशि : समय तपाईको पक्षमा छ शत्रुलाइ पनि आफ्नो पक्षमा ल्याएर काम गर्न सक्नुहुनेछ । यात्रा गर्नु पूर्व भने धेरै विचार गर्नु होला अन्यथा समस्या देखापर्न सक्नेछ । मन प्रसन्नहुनेछ ।

कुम्भ राशि : काममा आएको वाधा हटेर जानेछ भने काममा आर्थिक लाभको समय छ । दाम्पत्यजीवनमा भने मन मनमुटाब वृद्धि हुनेछ । परिवारको कारणले गर्दा मनमा अशान्ति छाउने छ घर ।

मीन राशि : देश विदेशको यात्रा गर्ने अवसर प्राप्त हुन सक्नेछ । सन्तान सुखको समय छ । गरेको काममा प्रशंशा प्राप्त हुनुका साथै लगानि गर्ने अवसर प्राप्तहुन सक्छ । आर्थिक पक्षमा वृद्धि हुनेछ ।

Related Articles

Back to top button
Close