News

बलिउडमा शोक : अभिनेता दिलिप कुमारका भाइको कोरोनाले लियो ज्यान

बलिउड चर्चित अभिनेता दिलिप कुमारको भाइको निधन भएको छ। अभिनेता दिलीपका भाइ असलम खानको निधन भएको छ ।
केहि दिन अघि उनलाई कोरोना संक्रमण भएको थियो। कोरोना संक्रमण भएपछि उनलाई लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

असलम खानलाई सास फेर्न गाह्रो भएपछि डाक्टरहरूले उनलाई अस्पतालमा भर्ना गर्ने सल्लाह दिएका थिए ।

यसैगरी, दिलीप कुमारका अर्का भाइ एहसान खान पनि कोरोना संक्रमण भएर आस्पतालमा उपचार गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । र उनलाई लिलावती अस्पतालमा भेन्टिलेटरमा राखिएको छ।

Related Articles

Back to top button
Close