News

काठमाडौंका थप १७ ट्राफिक प्रहरीमा कोरोना संक्रमण

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १७ प्रहरीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिसकिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए ।

कोरोना नियन्त्रणमा अग्रपक्तिमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी आफै संक्रमित हुने क्रम दिनहुँ बढ्दै गएको छ ।

Related Articles

Back to top button
Close