International

वरिष्ठ हास्य कलाकार जगदीपलाई अन्तिम बिधाई गर्न कलाकारहरु पुगे

सुरमा भोपाली नामले चर्चित बलिउडका वरिष्ठ हास्य कलाकार जगदीपको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित जगदीपको ८१ वर्षको उमेरमा बुधबार राति मुम्बईस्थित निवासमा निधन भएको हो । बिहीबार उनको अन्त्येष्टि गरिने छ ।

जगदीपको वास्तविक नाम सैयद इश्तियाक अहमद जाफरी हो उनी कलाकारद्वय जावेद र नावेद जाफरीका बुवा हुन् ।

उनले चार सयभन्दा बढी फिल्ममा काम गरेका छन् । सन् २०१२ को ‘गली गली चोर’ उनले अभिनय गरेको अन्तिम फिल्म हो, जसमा उनले प्रहरीको भूमिका निर्वाह गरेका छन्
सन् १९७५ मा बनेको शोले फिल्ममा उनले निर्वाह गरेको सुरमा

भोपालीको भूमिकाले उनी बलिउडमा चर्चित बनायो । त्यसपछि सन् १९८८ मा ‘सुरमा भोपाली’ नामकै फिल्म बन्यो, जसमा जगदीपको मुख्य भूमिका छ । यसका साथै ब्रह्मचारी, नागिन र अन्दाज अपना–अपना जस्ता फिल्ममा उनको कमेडी रोल रुचाइएको थियो ।

उनलाई अन्तिम बिदाई गर्न कलाकारहरु उनको घर पुगेका छन्

Related Articles

Back to top button
Close