News

काठमाण्डौ महानगरपालिकाका मेयर भन्छन- ‘काठमाण्डाैबाट बाहिर नजानुस्, काठमाण्डाै पनि नआउनुस्’

काठमाण्डौ – उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नि’षेधाज्ञाको अवस्थामा घरबाहिर ननिस्कन सर्वसाधारणलाई अ’पिल गर्नुभएको छ । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि नि’षेधाज्ञा जा’री गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शाक्यले अपिल गर्नुभएको हो । त्यस्तै कोभिड–१९ को सङ्क्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाण्डौबाट बाहिर न’गइदिन र कोही पनि व्यक्ति काठमाण्डौ नआइदिनसमेत अ’नुरोध गर्नुभएको छ ।
उहाँले अत्यावश्यक कामका लागि घरबाहिर आउन परेमा स्वास्थ्य सुरक्षाका मा’पदण्ड अ’पनाएर मात्र निस्कनसमेत आग्रह गर्नुभयो ।यदि कोही व्यक्ति आइसकेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिनसमेत अ’नुरोध गर्नुभयो ।साथै आफ्नो छिमेकमा कोही पनि व्यक्ति काठमाण्डौ बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सू’चना गरिदिनसमेत मेयर शाक्यले अपिल गर्नुभएको छ । यस्तै कोही पनि व्यक्तिलाई को’भिडसँग मि’ल्दोजुल्दो लक्षण देखा परेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत अ’नुरोध गर्नुभएको छ ।

पीसीआर परीक्षण गर्न स्वा’ब सङ्कलन गरेपछि पनि बजारमा घु’म्ने प्रवृत्ति भएको र कतिपयले ग’लत सू’चना दिएकाले क’न्ट्याक ट्’रेसिङमा स’मस्या हुने गरेको उहाँले बताउनुभयो ।स्वास्थ्य कार्यालयमा जान अ’समर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अथवा काठमाण्डौ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पतालसम्म जान सक्ने उहाँले बताउनुभयो । कोही पनि व्यक्ति कोरोनाको कारणले म’र्दैन र म’र्ने स्थिति सरकारले नबनाउने प्र’तिबद्धतासमेत मेयर शाक्यले व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button
Close