News

खिया लाग्याे गाडीका पार्टपूर्जामा खिया लाग्याे, यातायातकर्मीको अवस्था नाजुक

दाङ। दाङका यातायात व्यवसायीहरूले सवारी साधनमा खिया लाग्दा जीवन धान्न नै गाह्राे हुन थालेकाे बताएका छन् ।चैत ११ गतेदेखि लागु भएको लकडाउनका कारण सार्वजनिक सवारीसाधन जहाँ पार्किङ गरिएको हो, त्यही खिया लागेकाे उनीहरूले बताएका छन् । ३ महिनाभन्दा बढी नचलाएका

सवारीसाधनको ईन्जिन त खिया लागेर बर्बाद भए, ती साधनमा आबद्ध कम्तिमा ५ हजार जना मजदुरका परिवारको अवस्था समेत कमजाेर बन्दै गइरहेको छ ।असार १ गतेदेखि लकडाउन खुकुलो भएसँगै बजारलगायत सरकारी कार्यालयहरू खुलेको भए तापनि अझै यातायातका सवारी साधन सञ्चालन भएका छैनन् ।

दाङका ७ सयबढी सार्वजनिक सवारी साधन विभिन्न प्रालिहरुमा आबद्ध छन् । बन्दाबन्दीको कारणले घरमै थन्किँदा खिया लागेको गुनासो गरिरहेका यातायात व्यवसायीहरुले राज्यले आफूहरुका लागि केही गर्न नसकेको बताए छन् ।तुलसीपुरका यातायात व्यवसायी युवराज शर्माले लकडाउनले यातायात क्षेत्रमा धेरै प्रभाव पारेको बताउनुभयो । उहाँले गाडीहरु थन्काएर राखेको करिब ४ महिना हुँदा गाडीका पार्ट-पुर्जा कामै नलाग्ने अवस्थामा पुगेको बताउनुभयो । अब ती गाडीहरु सञ्चालन गर्नको लागि करिब २ लाखसम्म खर्च गरेर चलाउनुपर्ने अवस्था भएको समेत उहाँले बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तुलसीपुरका अध्यक्ष केशव बहादुर भण्डारीले आफूहरुलाई राज्यले नहेरेको बताउनुभयो ।उहाँले करिब ४ महिनासम्म गाडीहरू सञ्चालन नहुँदा मजदुरहरूको अवस्था दयनीय भएको पनि बताउनुभयो । मजदुरहरु यातायात सञ्चालन नहुँदा रोगभन्दा पनि भोकसँग

डराएको उहाँले बताउनुभयो ।दाङमा करिब ४५ सय यातायात मजदुरहरु रहेको र तीमध्ये ५ सयजति आफ्नो घर गएका छन् बाँकी सबै कोठा भाडामा बस्ने भएकाले उनीहरुलाई राज्यले नहेरेको उहाँले गुनासो गर्नुभयो ।यातायातकर्मीहरुको आर्थिक अवस्था जटिल बन्दै गइरहेको त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो ।

त्यसकारण सरकारले यो वर्गको अवस्थालाई ध्यान दिनुपर्ने हमालकाे माग छ ।लकडाउनका कारण गाडीहरु सञ्चालन नहुँदा ब्यवसायीहरुले मार खेपिरहेको बेला अहिले बैंकहरुले गाडीको किस्ता तिर्न समेत ताकेता गरिरहेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताउनुभयो । उहाँले व्यवसायीहरुले गुजारा चलाउन धौधाै भएको बेला बैंकले किस्ता तिर्न बारम्बार फोन गर्दा झन समस्यामा परेको गुनासाे गर्नुभयाे

Related Articles

Back to top button
Close