News

कोरोना संक्रमणबाट आज एकैदिन थप ११ जनाको मृ’त्यु

काठमाडौं, नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।ज्यान गु’माउनेमा मोरङ , पर्सा , बारा , सप्तरी ,सर्लाही , काठमाडौं, ललितपुर , चितवन, मकवानपुर , दोलखा , प्युठानका १/ १ जना रहेका छन ।त्यस्तै नेपालमा आज थप ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।ज्यान गु’माउनेमा मोरङ , पर्सा , बारा , सप्तरी ,सर्लाही , काठमाडौं, ललितपुर , चितवन, मकवानपुर , दोलखा , प्युठानका १/ १ जना रहेका छन ।त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा थप ८३८ जनालाई कोरोना पुष्टि भएको छ ।

देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ८३८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। अहिले देशभरि १२,१३२ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित

दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए। सङ्क्रमितहरूमध्ये ३,५८६ जना घरमै र बाँकी ८,५४६ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। सक्रिय सङ्क्रमितमध्ये १३३ जना सघन उपचार कक्षमा र काठमाण्डूमा १५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

Related Articles

Back to top button
Close