News

कोरोना भाइरस नियन्त्रणका लागि साउनसम्ममा १३ अर्ब ३६ करोड रुपैयाँ खर्च : सरकार

भाद्र २०७७, शुक्रबार काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले १३ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।विवरण अुनसार कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट २ अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट यस्तै १ अर्ब ३ करोड विभिन्न निकायलाई दिइएको छ ।यस्तै प्रदेशहरुबाट झण्डै डेढ अर्ब खर्च भएको छ । मन्त्री खतिवडाले १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको बताउनुभयो ।उहाँका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।यस्तै स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ । सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको छ ।

Related Articles

Back to top button
Close