Entertainment

नायिका शिल्पा पोखरेलको विबाह !

काठमाडौं । सुन्दरी नायिका शिल्पा पोखरेलको ब्रेकअप भएको छ । उनले आफ्ना प्रेमीलाई धोका दिएर अर्का पुरुषसँग लगनगाँठो कसेकी छिन् । तर यो दृश्य शिल्पाको वास्तविक जीवनको नभई गायक भिम श्रेष्ठले हालै बजारमा ल्याएको गीत ‘जाने बेला’ को दृश्य हो ।

सार्वजनिक भिडियोमा गायक श्रेष्ठसँग प्रेममा रहेकी शिल्पाले उनलाई धोका दिएर अर्का पुरुषसँग लगनगाँठो कसेको बिछोडको दृश्यलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । गायक श्रेष्ठ र सुन्दरी गायिका मेलिना राईको स्वर रहेको गीत बजारमा आए लगत्तै राम्रो चर्चा पाएको निर्माण यूनिटले जनाएको छ ।

चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको ‘जानेबेला’ बोलको गीतमा राम अबिरल बिष्टका शब्द, राजन तिमिल्सिनाको संगीत शृजना रहेको छ । शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको गीतमा शिल्पा पोखरेल, गायक श्रेष्ठ, रश्मी भट्ट, बेनिश भण्डारीको अभिनय रहेको छ । जसमा फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको छ ।

Related Articles

Back to top button
Close