News

काठमाडौंको ग्रान्डी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको ग्रान्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत सप्तरीका वृद्धको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । राजविराज नगरपालिका–७ का ७७ वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको स्रोतको भनाइ छ।

स्वास्थ्यमा समस्या देखिएपछि वृद्ध उपचारका लागि एक साताअघि ग्रान्डी अस्पताल आएका थिए । उपचारका क्रममा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको शव सुरक्षा उपाए अपनाइ पशुपतिको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिसकिएको छ। स्रोत: sidhaonlinepatra

यो नि पढ़नुस

काठमाडौँ । आज शनिबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ रहेको छ।

त्यस्तै आज यूके पाउण्ड १ को खरिदर मूल्य १५६ रुपैयाँ ९८ पैसा छ भने बिक्रीदर मूल्य १५७ रुपैयाँ ७७ पैसा छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ५१ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

Related Articles

Back to top button
Close