News

२ महिनाअघि निधन भएका सुशान्तको घर पुग्यो सीबीआई, धेरै प्रमाण जुटेको दावी

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको २ महिना भन्दा बढी भइसकेको छ । उनका बारेमा दिनानुदिन नयाँ नयाँ रहस्यहरु बाहिर आइरहेको छन् । उनको निधनको निष्पक्ष छानविन गरियोस् भनेर उनको परिवार र फ्यानको मागलाई सम्बोधन गर्दै अदालतले सीबीआईलाई जिम्मा दिएको छ ।

आज सीबीआईको विशेष अनुसन्धान टिम (एसआईटी) सुशान्तको घर पुगेको छ । सुशान्तको निधनको बारेमा थप कुरा पत्ता लगाउन सीबीआईको टोली उनको घर पुगेको हो ।

उनीहरुले फेरि कसरी निधन भयो भनेर रिचेक गर्ने बताइएको छ । साथै जुन १४ मा सुशान्तसँगै रहेका उनको कुकलाई थप अनुसन्धानको लागि लगेको छ ।

सुशान्तको घरमा सीबीआईको टोली
सीबीआईको टोलीले सुशान्तको निधन एउटा प्लान म*र्डरको रुपमा हेरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close