News

जलविद्युत आयोजनामा भीषण आगलागी : ९ जनाको मृत्यु

काठमाडौ । अचानक भएको भयानक आगलागीमा ठुलो क्षति भएको छ । भारतको तेलंगाना राज्यमा रहेको एक जलविद्युत आयोजनामा भीषण आगलागी भएको हो । सो आगलामीमा परेर कम्तिमा ९ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

श्री सैलम जलविद्युत आयोजनामा लागेलगत्तै उद्धार सुरु गरिएको थियो । उद्दारकर्ताहरुले १० जनाको उद्दार गरेका छन् । १० जनामध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी हुँदा हाइड्रोपावरमा १९ जना मजदुर रहेका थिए । एजेन्सी

यो पनि संविधान सभा भवनमा तमासा जारी, बैठक बस्न नपाउँदै नाराबाजी सुरु

काठमाडौ, माघ ८, जनबोली न्युजडेस्क । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले रोष्ट्रम घेराउ गरी नारबाजी लगाएका छन् । दोस्रो पटक बसेको बैठक सुचारु हुन नपाउँदै ‘नियम मिच्न पाईँदैन’, ‘विगतका सम्झौता लागु गर’ जस्ता नारा लगाएर संविधान सभा भवनमा तमासा चलिरहेको छ ।

बैठक कक्ष प्रवेश गरेका सभासदहरु आफ्नो सिटमा नै नबसी वेल घेर्न पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रश्नावली समिति बनाउने प्रस्ताव पेश गर्न गइहाल्छन् कि भन्ने विपक्षी मोर्चाको आशंका थियो ।

दलहरुले तोकिएको समयमा संविधान ल्याउन नसकेपछि माघ ८ अन्ततः खेर नै गएको छ । सभाध्यक्षले केही समय पूनः बैठक बस्ने जनाएता पनि एमाओवादीको नेतृत्वमा रहेको विपक्षीले बैठक अवरोध गर्ने जनाएको छ ।

यस्तो छ छलफलको भित्री कथा

बिसञ्चोका कारण प्रधानमन्त्री सुशील कोइराला शीर्षनेताको छलफलमा उपस्थित हुन सकेनन् । कांग्रेसका तर्फबाट बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरु सहभागी थिए ।बैठकमा कांग्रेसका नेता भन्दा बढी केपी ओली हावी देखिएका थिए । पहिले संविधानसभाको गतिरोध हटेेपछि मात्रै अघि बढ्न सकिने ओलीले बताए ।साथै प्रश्नावली समिति बनाउनुपर्ने र मिलेका तीनवटा विषयलाई मस्यौदा समितिमा पठाउन विपक्षीले सहमति जनाउनुपर्ने सत्ता पक्षको अडान थियो ।

विपक्षी दलका नेताले भने एउटा संयुक्त राजनीतिक वक्तव्य जारी गरौं भन्ने प्रस्ताव राखेका थिए । बैठकमा सहभागी एक नेताले जनबोली न्युजलाई दिएको जानकारी अनुसार विपक्षी नेताहरुले नागरिकता न्याय प्रणालीमा पूर्ण सहमति भइसकेको, निर्वाचन प्रणालीमा मिश्रतिमा जाने सहमति भएको र शासकीय स्वरुपमा एमाओवादीले रिजर्भेसनसहित सहमति जनाएको सन्देशसहितको वक्तव्य जारी गर्ने प्रस्ताव रोखेको थियो । राज्य पुनसंरचनामा भने सहमति गर्दै जाने र दुईवटा विषय मस्यौदा समितिमा पठाउने विपक्षी दलको माग थियो ।

सत्तापक्षले नागरिकतासहित न्याय प्रणाली, निर्वाचन प्रणाली र शासकीय स्वरुपसमेत तीनवटा विषयलाई मस्यौदा समितिमा पठाउने माग गरेको थियो । तर, एमाओवादीले भने शासकीय स्वरुप र राज्य पुनःसंरचनालाई एकसाथ पठाउने अडान राखेको थियो ।मस्यौदा समितिमा तीनवटा विषयलाई पठाउने कि दुईवटा मात्रै पठाउने भन्नेमा सहमति नभए पनि राजनीतिक वक्तव्य निकालेर अघि बढ्न एमाओवादी नेतृत्वको मोर्चाले आग्रह गरेको थियो । तर, एमाले अध्यक्ष ओलीले अस्वीकार गरेको एक एमाओवादी नेताले बताए ।

गच्छदारको बेग्लै प्रस्ताव

शीर्ष नेताको बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने सबै विषयमा सहमति गरेर जान सकिने प्रस्ताव गरेका थिए आफ्नो १९ दलीय मोर्चामा छलफल नै नगरी गच्छदारले चार दलको बैठकमा नयाँ प्रस्ताव लगेका थिए । विवादित तीनवटा विषय मस्यौदा समितिमा पठाउने र प्रदेशको संख्या ६ देखि ९ वटा रहने गरी अहिल्यै मस्यौदा समितिमा पठाउन सकिने गच्छदारले बताएका थिए ।

प्रदेशको नाम र संख्या एक महिनाभित्र टुंगो लगाउने गरी अहिले सहमति गर्न सकिने गच्छदारको प्रस्ताव थियो । तर, उनको प्रस्ताव १९ दलीय मोर्चाभित्रै अस्वीकृत भएको स्रोतले बतायो ।सभामुखसँग दुई दिनको समय मागयसैवीच विहीबार सहमति हुन नसकेपछि एमाओवादी नेताले सभाध्यक्ष सुवास नेम्वाङलाई बेग्लै भेटेर सहमतिका लागि दुई दिनको समय माग गरेको बुझिएको छ ।

Related Articles

Back to top button
Close