News

कोरोनाको प्रभावकारी औषधि नेपालमा, सरकारले दियो अनुमति

काठमाडौं– औषधि व्यवस्था विभागले अनुमति दिएसँगै रेमडिसिभिर औषधि वैधानिक रुपमै नेपालमा भित्रिएको छ। कोरोना भाइरस ९कोभिड-१९० संक्रमितको उपचारमायो औषधि प्रभावकारी मानिएको छ ।नेपालमा पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गराएका विराट नर्सिङ होमका मालिक डा ज्ञानेन्द्र कार्कीले नै पहिलो पटक यो औषधि प्रयोग गरेका थिए।

गम्भीर अवस्थाका कोभिड-१९ का बिरामीका लागि उनका आफन्तहरुले आफ्नै प्रयासमा ‘जुगाड’ गरी प्रयोगमा ल्याउने गरेका थिए।अब भने वैधानिक रुपमै प्रयोग यो औषधि कोभिडका बिरामीमा प्रयोग हुनेछ। माइलन कम्पनीले उत्पादन गरेको औषधि त्यसको आधिकारिक आयातकर्ता सिनर्जी ओभरसिज प्रालिले शुक्रबार बिहान नेपालमा ल्याएको हो।

नेपाल-भारत सहकार्यको बैठक सम्पन्न, नयाँ पेट्रोलियम पाइपलाइनबारे छलफल

तेल र ग्यास सहयोग सम्बन्धी नेपाल भारत संयुक्त कार्य समुहको दोस्रो बैठक भिडियो सम्मेलनमार्फत सम्पन्न भएको छ ।भारतका तर्फबाट पट्रोल तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव बी एन रेड्डी र नेपालकातर्फबाट वाणिज्य उद्योग तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको ध्यक्षतामा बैठक भएको थियो ।

त्यस्तै भिडियो सम्मेलनमा भारतीय दुतावासका अधिकारीहरु, भारतीय सार्वजनिक ग्यास र तेल कम्पनीहरु (आईओसीएल, जीएआईएल, एचपीसीएल) र नेपाल भारतका वाणिज्य र विदेशमन्त्रालयका अधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठकले सन् २०१९ को सेप्टेम्बरमा दुवै देशका प्रधानमन्त्रीहरुले उद्घाटन गरेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पदार्थ पाइपलाईनको कार्यमा सन्तुष्टि जनाएको छ ।

दक्षिण एसिया क्षेत्रकै पहिलो पेट्रोलियम पाइपलाईले नेपालको अधिकांस इन्धन आपुर्ति गरिरहेको छ । यसले भविष्यमा थप पेट्रोलियम र उर्जाका क्षेत्रमा सहकार्य गर्न प्रोत्साहन गराएको अधिकारीहरुले बताएका छन् ।

बैठकमा नयाँ पेट्रोलियम पाइपलाईनको सम्भावनाका विषयमा पनि कुरा भएको छ । त्यस्तै नेपाल भारतबीच इन्धनका क्षेत्रमा थप सहकार्य हुने कुरामा पनि छदफल भएको छ ।

इन्डियन ओएल कर्पाेरेसन र नेपाल ओएल कर्पाेरेसनबीच पूरानो सहकार्यलाई थप सुदृढ र बलियो बनाउँनका लागि नेपाल भारत संयुक्त कार्य समुहको सथापना २०१७ मा भएको थियो ।

समुहको पहिलो बैठक यसै वर्षको जेनवरी ४ मा नयाँ दिल्लीमा भएको थियो । बैठकमा दुवै पक्षले पेट्रोलियम क्षेत्रको सहकार्यलाई अझैं सुदृढ पार्न आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आग्रह गरिएको छ ।

Related Articles

Back to top button
Close