News

राहात बोके’र कृष्ण कंडेलको इन्द्रेणी टिम सि’न्धुपाल्चोक तर्फ…

काठमाडौं, असार २५/ सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।

जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै आपतोल भन्ने ठाउँमा पक्की पुल बगाएको छ । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयो ।

घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अहिले कृष्ण कंडेल सहितको इन्द्रेणी टिम सिन्धुपाल्चोक तर्फ राहात सहित काठमाडौं बाट हिंडि सकेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।

जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्याएको छ । यस्तै आपतोल भन्ने ठाउँमा पक्की पुल बगाएको छ । इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बाढीले बगाएको प्रहरी निरीक्षक न्यौपाने जानकारी दिनुभयो ।

घर बगाएको ठाउँ मवाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु,’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो । बाह्रबिसेको जुरेदेखि नै बाटो अबरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अहिले कृष्ण कंडेल सहितको इन्द्रेणी टिम सिन्धुपाल्चोक तर्फ राहात सहित काठमाडौं बाट हिंडि सकेको छ ।

Related Articles

Back to top button
Close