News

खतरा बढेपछि उपत्यकाको यो ठाउँमा फेरि लकडाउन, पसल व्यवसाय बन्द गर्न निर्देशन (बिज्ञप्तिसहित)

काठमाडौं उपत्यकामा विगत ५ महिनादेखि छिट्टफुट्ट मात्रै कोरोना संक्रमित भेटिएका थिए । करिब एक हप्ता यता उपत्यकाका २३ स्थानमा कोरोना संक्रमित फेलासँगै जनस्वास्थ्य विज्ञहरुले संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्न थालेका छन् । देशका विभिन्न ठाउँमा कोरोना फैलिएसँगै उपत्यका पनि कोरोना संक्रमतिको संख्या तिव्र रुपमा बढ्न थालेको छ ।

नेपालमा कोरोनाको संक्रमण समुदायस्तरमा अहिलेसम्म फैलिएको छैन् भनेर विश्व स्वास्थ्य संगठनले भनेको छ तर काठमाडौंको टेकु, कुलेश्वर,हाँडीगाउँ, वसुन्धारा, धापासी, नैकाप, चन्द्रागिरि, ट्याङ्लाफाँट,धुम्बाराही,तारकेश्वर,गोल्फुटार बूढानीलकण्ठ ललितपुरको कुपण्डोल,ग्वार्को, धोवीघाट, भैँसेपाटी, चापागाउँ, गोदाबरी, खाङ्वुबहाल, गोटीखेल, ठेचोँ र भक्तपुरको बालकोट गट्ठाघर लगायतको क्षेत्रहरुमा संक्रमण फैलिएको छ । तीमध्ये केही क्षेत्रमो समुदाय स्तरमा कोरोना संक्रमित फेला परेका छन् ।

यसै क्रममा कोरोना भाइरस संक्रमितहरुको संख्या बृद्धि भएसँगै ललितपुरको महालक्ष्मी नगरपालिकाले लकडाउनलाई कडाइ पार्ने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ मा कडाइका साथ लकडाउन लागू हुने घोषणा गरेको हो । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखित तीन वटा वडाभित्र रहेका औषधि र खाद्यन्न पसलबाहेकका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने उल्लेख छ।

त्यस्तै औषधि पसल र क्लिनिकहरु चौविसै घण्टा संचालन गर्न दिने तर खाद्यान्न पसल एक मिटरको दूरी कायम गरी बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । त्यस्तै सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवा बाहेकका सबै सेवा बन्द गरिने सूचनामा उल्लेख छ । नगरपालिकाले अति आवश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन, निस्किनु परे अनिवार्यरुपमा मास्क लगाउन पनि अनुरोध गरेको छ। लकडाउन भोलि २५ गते बिहान ५ बजेदेखि लागू हुनेछ ।

Related Articles

Back to top button
Close