News

काठमान्डौ उपत्यकामा थप १६६ जनालाई कोरोना संक्रमण , कहाँ कति ?

काठमान्डौ , पछिलो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १६६ जनालाई कोरोना पुष्टि भएको छ ।आइतबार स्वास्थ्य तथा जनसंख्या मनत्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका थप १६६ जनामा

कोरोना संक्रमण पुष्टि भएको बताए। काठमान्डौमा १२६ जना , ललितपुरमा १२ जना र भक्तपुर २८ मा जना गरि थप १६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता गौतमले बताए ।त्यस्तै नेपालमा आज थप ८१८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा देशका भिभिन्न जिल्लामा थप ८१८ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २२० महिला ५९८ पुरुष गरी २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।त्यस्तै

विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण भएकाे छ।

Related Articles

Back to top button
Close