International

नाकमा ‘भ्याक्सीन’को एक डोज हाल्दै कोरोना नष्ट हुने वैज्ञानिकको यस्ताे दाबी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले दिनप्रतिदिन बढ्दै गईरहेको छ । वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । साथै शोधकर्ताहर कोरोनाको बारेमा हरेक दिन नयाँ नयाँ तथ्य पत्ता लगाईरहेका छन् । यसैबीच अमेरिकाको वाशिंगटन यूनिभर्सिटी स्कूल अफ मेडिसिनका वैज्ञानिकले यस्तो भ्याक्सीन बनाईरहेको दाबी गरेका छन्, जसको एक डोज मात्रै नाकमा राखेमा कोरोना नष्ट हुनेछ यसलाई नसाल भ्याक्सीनको नामले जान्ने गरिन्छ ।

शोधकर्ताहरुले यसको एक डोज नाकमा हालेमा कोरोना संक्रमण नष्ट हुने दाबी गरेका छन् । जर्नल सेलमा प्रकाशित यो शोध रिपोर्टका अनुसारनाकबाट हाल्ने भ्याक्सीन धेरै प्रभावित रहेको छ । यसको परीक्षण मुसामा गरिएको थियो । जसमा यो भ्याक्सीनले राम्रो काम गरेको थियो । यो नाक तथा श्वसन तत्तनमा धेरै प्रभावकारी सिद्ध भएको छ । यसले कोरोना संक्रमणलार्य शरीरमा फैलिनबाट रोक्ने वैज्ञानिकहरुले बताएका छन् । यस बारेमा वाशिंगटन यूनिभर्सिटी स्कूल अफ मेडिसीनका अनुसन्धानकर्ता माइकल एस डायमण्डले नाकको माथिल्लो भागको सेलमा यस भ्याक्सीन हाल्’दा मजबुत रोग प्रतिरोधात्मक क्षमता देखिएको बताएका छन् । यो राम्रो संकेत भएको पनि उनले बताएका छन् । डायमण्डले भने, ‘मुसामा संक्रमण रोक्नमा यो भ्याक्सीन सफल भएको छ, नाकको माध्यमबाट दिइने यो टिकालाई विकसित गर्नका लागि अनुसन्धान कर्ताहरुले भाइरसको स्पाइक प्रोटिनको प्रयोग गरेका छन् ।’ अहिले मात्र मुसामा नै टेस्ट गरिएको उनले बताए । जसमा सकारात्मक देखिएको छ । अब यसको परीक्षण व्यापक रुपमा गरिने समेतडा यमणडले बताएका छन् । एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close