News

ट्याक्सी सञ्चालन गर्न दिने ,छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

२५ असार, काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्रमात्र चल्न पाउनेछन् ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

Related Articles

Back to top button
Close