News

सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि बढेको जनाएको थियो । तर हिजो र आज सोमबार चाही नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ४ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाले घटेको छ ।

सोमबार प्रतितोला ९८ हजार ४ रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाले घटेर प्रतितोला ९७ हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९७ हजार ४०० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस
:

नेपाल राष्ट्र बैंकले ४ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले ४ अर्बभन्दा बढीको ट्रेजरी बिल जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन भन्दै राष्ट्र बैंकले जारी गर्न लागेको ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको आज दिउँसो ३ बजे बोलकबोल आह्वान गर्दैछ ।

राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र १ वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यसमार्फत पनि सरकारले आर्थिक स्रोत जुटाउने गरेको छ ।

Related Articles

Back to top button
Close