News

काठमाण्डौं सहित यी जिल्लामा थपिए १०८ जना कोरोना संक्रमित, १३९ डिस्चार्ज भै घर फर्के !

काठमाण्डौं – पछिल्लो २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ ।

आज संक्रमण देखिएकोमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।

मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा एक सय ३९ जना निको भइ डिस्चार्ज भएको बताए ।हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संखया सात हजार आठ सय ११ पुगेको छ । हाल संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय पाँच रहेको जानकारी दिए ।त्यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या घटेर २४ हजार चार सय २५ मा झरेको छ ।

अभिभावकलाई आग्रह

नेपालमा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिनुमा हुर्काउने शैली कारक रहेको हुनसक्ने भन्दै ख्याल गर्न चिकित्सकहरूले सुझाएका छन्।कुल सङ्क्रमितमध्ये बालबालिकामा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। हालसालै कोरोनाभाइरसका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको निधन भएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा मात्रै नौ वर्ष मुनिका १७५ जना बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो।सङ्क्रमण देखिएका सबै बालबालिका आमाबाबुसँगै भारतबाट फर्किएका रहेको मन्त्रालयले जनाएको छ।

बालबालिकामा सङ्क्रमण बढ्दै जाँदा मन्त्रालय र चिकित्सकहरूले त्यसबारे सचेत रहन अभिभावकहरूलाई आग्रह गरेका छन्।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धेरैजसो सङ्क्रमित बालबालिकाहरू भारतबाट बाबुआमासँगै आएका वा यता आएपछि सरेका छन्।

बालबालिकामा सङ्क्रमण बढ्दै जानुको कारण उनीहरूलाई हुर्काउने हाम्रो शैली हुन सक्ने उनले बताए। डा. अधिकारीले भने, “कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउन सङ्क्रमण भएका वा सम्भावित सङ्क्रमित व्यक्तिलाई सन्तानबाट टाढा रहनुपर्छ भन्ने चेत नभएकोले पनि यस्तो भएको हुन सक्छ।”

Related Articles

Back to top button
Close