News

कोरोनाबाट थप एक पुरुषको मृत्यु, पर्सामा मात्रै ज्यान गुमाउनेको संख्या ३१ पुग्यो

वीरगञ्ज, ९ भदौं । पर्सा जिल्लामा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा हस्पिटल वीरगञ्जमा उपचार गराइरहेका पुरुषको कोरोना संक्रमणका कारण आइतबार मृत्यु भएको हो ।

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नम्बर ४ बस्ने ६८ वर्षीय पुरुषको मृत्यु पश्चात करोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मुटुका दिर्घरोगी ती पुरुषलाई निमोनिया हुनका साथै श्वासप्रश्वासमा समेत समस्या हुनथालेपछि कोरोनाको शंका लागेर आइतबार राति ९स्३० बजेको गण्डकमा भर्ना गरिएको थियो र सोही दिन उपचारको क्रममा उनको एक घण्टा नबित्दै मृत्यु भएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

मृतक वृद्धको कुनै ट्राभल हिस्ट्री समेत नरहेको प्रशासनले जनाएको छ । यो सँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढेर ३१ पुगेको छ भने संक्रमित हुनेहरुको संख्या २ हजार पुग्न लागेको छ ।

Related Articles

Back to top button
Close