News

असहायका सारथी यी युवा, जसले दैनिक २०० जनालाई निःशुल्क खुवाउँछन् खाना

असहायका सारथी यी युवा, जसले दैनिक २०० जनालाई निःशुल्क खुवाउँछन् खाना
विराटनगर : पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगर कोरोनाको ‘हट स्पट’ बनेको छ। संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानु दिन बढेपछि अहिले विराटनगर निषेधाज्ञा जारी छ।

निषेधाज्ञाका कारण विराटनगरबासी घरमै छन्। अत्यावश्यक कामका लागि निस्किनेबाहेक सबै घरभित्रै सीमित छन्। तर, दुई सातादेखि जारी निषेधाज्ञाले दैनिक मजदुरी गरी पेट पाल्नेहरु सडकमा आइपुगेका छन्। सडकपेटीमै बस्नेहरूको झ्न बिजोग भएको छ। बन्दका कारण काम पनि गुमेपछि धेरैजसो अहिले सडक पेटीमा भोको पेट रात गुजार्न बाध्य छन्।

यस्तोमा अहिले सडकमै बास भएकाहरु भिख मागेर खाने करिव २०० र दैनिक मजदुरी गरी बिहान बेलुकी पेट भर्नेहरुको सारथी बनेका छन स्थानीय युवाहरू। कोरोना भाइरसबाट बच्न स्वास्थ्य सतर्कता अपनाउँदै केही युवाहरूले उनीहरुलाई खान खुवाउने कार्यमा जुटेका छन्।विराटनगरका युवा वसिम आलमको नेतृत्वमा २२ जना युवाको समूहले गत शनिबारदेखि बिचल्लीमा परकोहरुलाई खाना खुवाउने बन्दोबस्त मिलाए। पहिलो दिन उनीहरूले १०८ जनालाई खाना खुवाए। आइतबार बिहान १६४ जनालाई खुवाएछन्।

‘विराटनगरकै रोयल बिरयानी होटलको किचन लिएका छौं,’ अभियान्ता ओसिम आलमले भने, ‘आफैं पकाउँछौं, पकाएर प्याक गर्छौं अनि यहाँ आएर खान सक्नेलाई यहीँ दिन्छौं। हिँड्न नसक्नेहरूलाई जहाँ छन त्यहीँ लगेर दिन्छौं।’युवा समूहले साँझ विहानको खानाको मेनु तयार गरी भान्सामा पाक्ने गरेको छ। खाना खुवाउने समय बिहान ८ देखि १० र बेलुका ७ देखि ९ बजेसम्म छ।वोसिम आलम भन्छन्, ‘जति सक्छौ हामी, टिम मिलेर गर्छौं, रोग भन्दा ठूलो मानवता हो।’

अभियन्ता आलमले सडकमा जीवन बिताइरहेकालाई सोध्दा केहीले तीन दिनदेखि केही खान पाएको छैन भनेका थिए। जसले उनको मन दुख्यो। यसपछि उनले निर्णय लिए, अब उनीहरूलाई खाना खुवाउनु पर्छ। यहीबाटै खाना खुबाउने अभियानको शुरुवात भएको थियो विराटनगरमा।

आलमका अनुसार सुरूमा यो अभियान एकदमै जटिल बन्यो। उनीहरू आफैं रकम संकलन गरेर खाना, तरकारी जुटाउँथे। पकाउने ठाउँ ट्राफिक चोकको रोयल बिरयानीमा छानेका थिए।

शुरुवाती चरण

२०७६ चैत ११ गते देशव्यापी लकडाउन सुरू भएको थियो। कोरोना महामारी नियन्त्रण गर्न सरकारले लकडाउनको रणनीति अख्तियार गर्यो। यसको तेस्रो दिनमै विराटनगरका असहायहरू भोकभौकै ढलिरहेका आलमले देखे। उनी पास लिएर बाहिरको अवस्था बुझ्न निस्कँदा सडकमा असहायहरूलाई त्यस्तो अवस्थामा देखेका थिए।

‘त्यहीँ पकाउने र मान्छे भेला पारेर खुवाउन थालियो, बिस्तारै यो कुरा सबैलाई राम्रो लाग्न थालेछ,’ उनले भने, ‘बिस्तारै चामल–दाल दिनेहरू निस्किन थालेपछि सजिलो भएको छ।’

उनीहरुको टिमले यसअघि २०७६ चैत ११ गते देशव्यापी लकडाउन सुरू भएकोे तेस्रो दिनदेखि निःशुल्क खाना खुवाउने अभियानको शुरु गरेको थियो। लकडाउन अवधिभरी ८० दिनसम्म साँझ बिहान निःशुल्क खाना खुवाउने अभियान चलाएको थियो। उनीहरु गत दिनमापनि रोयल विरयानी हाउसमा खाना पकाउने गरेका थिए।यस पटकको खाना खुवाउने अभियानमा भान्सा रोयल विरयानी हाउस नै भएको छ। खानाका लागि चाहिने सामानहरु आफै जुटाउँछन । पसल बन्द गरेर राख्नुभन्दा यो समय समस्यामा परेकालाई साथ दिनु उचित ठानेको विरयानी हाउसका सञ्चालक पप्पु अन्सारी बताउँछन्।

Related Articles

Back to top button
Close