News

हिजोको भुकम्पले बझाङमा तीनतले घर भत्कायो

हिजोको भुकम्पले बझाङमा तीनतले घर भत्कायो
मंगलबार राति आएको भुकम्पले बझाङमा एक घर भत्काएको छ ।
भुकम्पले छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउँका खडक बिकको ३ तले घर भत्काएको हो ।

मंगलबार राति ९ बजेर ९ मिनेट जाँदा बुंगल नगरपालिकाको खिरातडीलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का बझाङ जिल्ला र त्यसका छिमेकी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चलासम्म महसुस गरिएको थियो। सोही समयमा

बिकको परिवार पूजाका लागि गाउँमा गएको र भुकम्पको धक्काले घरको छाना भत्किएर घरभित्र रहेका धनमाल र अन्न साथै भाँडाकुँडामा क्षति पुर्‍याएको पीडित खडक बिकका भाई अरुण बिकले बताए ।

घर भत्किदा खडकको परिवार पूजाआजाका लागि गाउँमा रहेको र ठूलो आवाज आएपछि घरमा गएर हेर्दा घरको छाना भत्किएर बिचको तलासम्म क्षति पुगेको बिकले बताए ।

पछिल्लो समय नेपालमा पाँच रेक्टर स्केलभन्दा कमका भूकम्पहरु बारम्बार गइरहेका छन् ।

हिजोको भुकम्पले बझाङमा तीनतले घर भत्कायो
मंगलबार राति आएको भुकम्पले बझाङमा एक घर भत्काएको छ ।

भुकम्पले छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउँका खडक बिकको ३ तले घर भत्काएको हो ।

मंगलबार राति ९ बजेर ९ मिनेट जाँदा बुंगल नगरपालिकाको खिरातडीलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का बझाङ जिल्ला र त्यसका छिमेकी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बाजुरा र दार्चलासम्म महसुस गरिएको थियो। सोही समयमा बिकको परिवार पूजाका लागि गाउँमा गएको र भुकम्पको धक्काले घरको छाना भत्किएर घरभित्र रहेका धनमाल र अन्न साथै भाँडाकुँडामा क्षति पुर्‍याएको पीडित खडक बिकका भाई अरुण बिकले बताए ।

घर भत्किदा खडकको परिवार पूजाआजाका लागि गाउँमा रहेको र ठूलो आवाज आएपछि घरमा गएर हेर्दा घरको छाना भत्किएर बिचको तलासम्म क्षति पुगेको बिकले बताए ।

पछिल्लो समय नेपालमा पाँच रेक्टर स्केलभन्दा कमका भूकम्पहरु बारम्बार गइरहेका छन् ।

Related Articles

Back to top button
Close