Sport

शुभ बिहानी आज मिति २०७७ साल असार २६ गते शुक्रबारको राशिफल हे र्नुहोस,

मेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आय’स्रोत राम्रो हुनाले आवश्यक भौति’क साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्या’पारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हात’लागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने’छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रह’नेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउ’नेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशि’ष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वा’कांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह)- समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना दे’खिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आफ्ना कम’जोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोप’नीयतामा विशेष ध्यान पुर्या’उनुहोला। पहिलेका कमजोरी बाहिर आउनाले काममा समस्या पर्ला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले स’मस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहा’रमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सका’रात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मि’हिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थि’तिमा पनि केही काम बन्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चाप’बाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आ’म्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अति’थिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथी’भाइसँग भेटघाट हुनेछ।

कन्या(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही स’मय लागे पनि दिगो फाइ’दा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेह’रूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम ब’नाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थ’द्वारा प्रशस्त लाभ उठाउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। का’मको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। स्वास्थ्य कमजोर रहनाले ध्यान केन्द्रि’त नहुन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थि’तिसँग सम्झौ’ता गर्नुपर्ला। धैर्य एवं लग’नशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्ला’को भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनु’होला। हडबडीले समस्या निम्त्याउन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रति’स्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्ज’न गर्न सकिनेछ। प्रतीक्षित नति’जाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमा’उन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बोलीको गलत अर्थ लाग्न सक्छ। बलजफ्ती गर्दा वादवि’वादमा परिएला। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिको उपयोगले मात्र काम ब’नाउन सकिनेछ। तर अरूको मुख ताक्ने बानीले योजना अधुरो रहनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहो’ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)- अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। ता’पनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा स’जग रहनुहोला। परिवेश सामान्य देखिए पनि व्यावहारिक चिन्ताले सता’उनेछ। मिहिनेतपूर्वक गरेको कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अपिरि’चित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छर-छिमेकमा असम’झदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। यात्रा गर्दा दु:पाइनेछ। समयमा होस नपुग्नाले व्यव’हारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।

Related Articles

Back to top button
Close