News

भर्खरै सकियो बैठक आजदेखी लकडाउन खुकुलो गरिएको घोषणा ! यस्ता छन् नियम

बाँकेको कोहलपुरमा जारी लकडाउन भोलिदेखि खुकुलो हुने भएको छ । आज कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले कोहलपुरमा जारी लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । स्वास्थ्य सम्बन्धि मा’पदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको ज’नाइएको छ ।साउन ३२ गतेदेखि कोहलपुरमा लकडाउन गरिएको थियो ।

सर्वपक्षीय बैठकपछि कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीद्वारा जारी गरिएको सूचना अनुसार आइतबार, बुधबार र शुक्रबार किराना पसल, मासु, भाँडावर्तन, तरकारी, फलफुल, साइकल, शोरुम, इलेक्ट्रोनिक्स, मोबाइल तथा कम्प्युटर र बिजुली पसल संचालन गर्न पाइनेछ ।यसैगरी सोमबार, मंगलबार, बिहिबार र शनिबार कपडा, फेन्सी, जुत्ताचप्पल, क’स्मेटिक, पुस्तक तथा स्टेशनरी, सहकारी, टेलरिङ, सुन र गहनाका पसल तथा आइतबार, मंगलबार र बिहिबार बैंक तथा वित्तिय संस्थाहरु संचालनमा आउनेछन् ।

सर्वपक्षीय बैठकले हार्डवेयर पसल, दुध डेरी, होटल तथा रे’ष्टुरेन्ट, ग्यारेज, उद्योग तथा कलकारखाना, पेट्रोल पम्प, फर्निचर पसल र अत्यावश्यक सेवाहरुलाई भने हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

त्यसैगरी भोलिदेखि कोहलपुर क्षेत्रभित्र सार्वजनिक तथा निजी सबै सवारी साधनले जोरबिजोरको नियम पालना गर्नुपर्नेछ ।कोहलपुरमा कोरोना संक्रमण जो’खिम उच्च रहेकाले यस अवधिमा सम्पूर्ण ब्यापारी तथा से’वाग्राहीहरुले अनिवार्यरुपमा मास्क, से’नीटाइजर प्रयोगसँगै सामाजिक दुरी लगायत स्वास्थ्य सम्बन्धि मा’पदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने निर्णय समेत भएको ज’नाइएको छ ।

Related Articles

Back to top button
Close