Video

कुलमान नआएको भए लोडसेडिङ अन्त्य हुने थिएन : ऋषि धमला

काठमाडौं / देश उज्यालो बनाउनमा प्रमुख भूमिका रहेको विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङको सामाजिक संजाल,मिडिया लगायत चर्चा भइरहेको छ ।

नेपाली सञ्चार क्षेत्रका प्राईम टाइम टेलिभिजनमार्फत संचालन हुने कार्यक्रम जन्ता जान्न चाहन्छ्न् का संचालक तथा पत्रकार ऋषि धमाला पनि कुलमान घिसिङको समर्थनमा बोलेका छन् छन् । वि.स. २०७२ सालसम्म अन्धकारमा बस्न बाध्य भएको नेपाल उज्यालोमा रमाउन पाएको छ भन्दै समर्थनमा बोलेका हुन् ।

वि.स. २०७३ देखि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक रहेका घिसिङको आगामी भाद्र २९ गते ४ वर्षीय कार्यअवधि समाप्ति हुँदै छ । घिसिङको पुनः नियुक्तिको विषयमा चलचित्रकर्मी,मिडियाकर्मी,सामजिक संजाल कर्ता हरूको समर्थनमा सरकारलाई दवाद दिइरहेका छन् ।

वर्षौं देखि ३५ अर्ब घाटा बेहोर्दै आएको प्राधिकरणले घिसिङको नियुक्ति पछि १ रुपैयाँ पनि घाटा बेहोर्नु परेन । ४ वर्षीय कार्यकालमा घिसिङले बेहोरिरहेको अर्बौं घाटालाई मुनाफामा परिवर्तन गरे । आर्थिक वर्ष ७६ र ७७ मा ११ अर्ब सम्म मुनाफा हुनेगरि काम गरिरहेका घिसिङले काठमाडौं,ललितपुर र भक्तपुरमा बाहिर रहेका तारहरू भूमिगत गर्ने कार्यलाई पनि सुरुवात गरेका छन् ।

Related Articles

Back to top button
Close