News

जापानका प्रधानमन्त्री आवेद्वारा रा’जीनामाको घो’षणा

काठमाडौं, जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घो’षणा गरेका छन्। आफ्नो स्वास्थ्यमा स’मस्या भएको भन्दै राजीनामा दिने घो’षणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी प’दमा रही ने’तृत्व प्रदान गर्ने व्यक्ति हुन्। उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आवेले नेतृत्व गरेको दल लिबरल डि’मोक्रेटिक पार्टीको अनपेक्षित प’राजयसँगै उनले स्वास्थ्यको स’मस्या देखाउँदै राजीनामा दिएका थिए।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने। ​पैँसठ्ठी वसन्त पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन्। सिन्जो आबेले सोमबार मात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्‍त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् । कोरोना भाइरसको महामारीबाट बच्‍नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्‍त्री आवेको आलोचना भइरहेको छ ।थाहा खबर

Related Articles

Back to top button
Close