News

चितवनमा फेरी एक कोरोना संक्रमितको मृ’त्यु, चितवनमा आज एकैदिन ३ जनाको नि’धन

चितवन, चितवनमा कोरोना सङ्क्रमणबाट आज एकैदिन तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला र आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुष छन् ।क्षेत्रपुरका ५१ वर्षीय पुरुषलाई यही भदौ ५ गते श्वा’सप्रश्वासमा समस्या भई पुष्पाञ्जलि अस्पतालमा भर्ना भएका थिए । उनलाई भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० बजे मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फि’जिसियन चिकित्सक सन्दीप पाण्डेका अनुसार उनको स’घन उपचार कक्षमा उपचारका क्रममा मृ’त्यु भएको हो । उनको दुवै फो’क्सोमा नि’मोनिया देखिएर भे’न्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।सोही अस्पतालमा उपचाररत अर्का एक सङ्क्रमितको अवस्था सामान्य छ । यस्तै कलेजमा उपचाररत वृद्धाको कोरानाले मृ’त्यु भएको छ । श्वा’सप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ७ गते कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ९ गते सङ्क्रमण पुष्टि भएको थियो ।उनको उपचारका क्रममा मृ’त्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

कलेजमा अहिले ४२ सङ्क्रमितको उपचार भइरहेको र तीमध्ये २० को अवस्था ज’टिल रहेको उहाँले जानकारी दिनुभयो ।कलेजमा रहेको प्रयोगशालामा हालसम्म ७२७ नमूना परीक्षण गरिएकामा १०९ जनामा सङ्क्रमण देखिएको जनाइएको छ ।यस्तै भदौं ६ गते भरतपुर अस्पतालको भर्ना भई १० गते कोरोना पुष्टि भएका आबुखैरहनी १३ गोरखाका ३८ बर्षिय पुरुषको आइसियूमा उपचारका क्रममा आज २ः३० बजे मृ’त्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।यससंँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृ’त्यु हुनेको सङ्ख्या आठ पुगेको छ । एक वृद्धाको घरमा नै मृ’त्यु भएको थियो ।

Related Articles

Back to top button
Close