News

कोरोना संक्रमणबाट पाटन हस्पिटलमा एक जनाको नि’धन

ललितपुर । कोरोना संक्रमणबाट ललितपुर महानगरपालिका वडा नंं २४ धापाखेलका एक पुरुषको नि’धन भएको छ ।मिर्गाैला सम्बन्धी रोगले पिडित ७२ वर्षिय पुरुष भदौ ८ गते पाटन हस्पिटलमा भ’र्ना भएका थिए । उनको बिहीबार मृ’त्यु भएको थियो । उनको स्वा’व लिएर परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट शुक्रबार आएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए ।योसँगै ललितपुरमा कोरोना संक्रमणबाट मृ’त्यू हुनेको संख्या ४ पुगेको छ ।

यसअघि बागडोलका ६५ वर्षिय महिला, थसिखेलका ६५ वर्षका महिला, बुंगमतीका ५७ वर्षिय पुरुष, टीकाथलीमा ५० वर्षिय पुरुषको कोरोना संक्रमणबाट नि’धन भएको थियो ।यस अघि आज दिउसो स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणबाट एकैदिन १२ जनाको ज्यान गएको पुष्टि गरेको थियो ।

Related Articles

Back to top button
Close