News

संक्रमित आमा र बच्चाहरु अलग अलग

धरानः कोभिड–१९ पोजिटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भएकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माइन् । आमा संक्रमित भएपनि बच्चाहरुमा आमा बाट कोभिड सर्नसक्ने सम्भावना भएकाले आमा र बच्चाहरु लाई लाई अलग अलग राखिएको छ ।

घट्ना चितवनको हो । राससले दिएको समाचार अनुसार भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्र्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ

गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी भदौ ८ गते अस्पताल भर्ना भएकी थिइन् । आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले बताए

आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए । डा. सापकोटाका अनुसार कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर शैल्यकृया गरेर प्रशुती गराइएको हो । ।

अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको सूचना अधिकारी लिलाधर पौडेलले बताए । अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हो ।

फायल तस्विरः थाइल्याण्डको अस्पतालमा नवजात शिशुलाई कोभिड–१९ बाट सुरक्षा । फोटोः बैंकक पोष्ट

Related Articles

Back to top button
Close