News

कुलमान घिसिङको जन्म घर पुग्दा उनको बाल्यकालबारे यसो भन्छन आफन्त

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिदै छ । जनताहरु उनलाई नै पुन: नियुक्ति गर्नु पर्ने माग राख्दै आएका छन् । ०७३ सालको भदौ २९ गते नियुक्त भएका उनको अब चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ । रामेछापको दुर्गम गाउँ बेथानमा जन्मिएका कुलमानको प्राथमिक शिक्षा गाउँमै वित्यो। ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौँ आएपछि बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे।

विद्यालय शिक्षा सकेपछि उनले अस्कल क्याम्पसबाट आईएस्सी गरेका थिए । दैनिक १८ घण्टा सम्म लोडसेडिङ हुदै गर्दा कुलमान घिसिङ प्राधिकरणका कार्यकारी निर्देशक बनेका थिए । त्यसपछि एकाएक देश लोडसेडिङ मुक्त बनेको थियो । जिन्दगि भर अन्धकार देखेको नेपालीले कुलमानको यो काम देखेर उनलाई भगवान कै संज्ञा पनि दिन थाले । त्यसैले अहिले कुलमानलाई नचिन्ने मानिस थोरै मात्र होलान ।

आइएस्सी पछी उनले छात्रवृत्तिमा भारतको जम्सेदपुरबाट सन् १९९४ मा विद्युतीय इन्जिनियरिङ गरेका थिए । त्यसपछि नेपाल फर्केर जागिर गर्दै गर्दा पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरेका थिए । इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका थिए । घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्। आफ्नो जागिरसंगै उनले दुई डिग्री समेत हासिल गरेका छन् ।

हिजो आज कुलमान घिसिङको प्राधिकरणमा कार्यकारी निर्देशकको पदमा पुन: नियुक्ति हुनु पर्छ भन्ने आवाज उठी रहेको छ । कुलमान घिसिङ आफैले त्यसको दा’वी नगरेपनि कलाकार, पत्रकार देखि अधिकांश जनता भने कुलमान नै चाहिने भन्दै सामाजिक संजाल मार्फत आफ्नो आवाज उठाई रहेका छन् ।

यसै बीच केहि युट्युबरहरु कुलमान घिसिङको जन्मस्थल रामेछापको दुर्गम गाउँ बेथान पुगेका छन् । उनि जन्मेर ४ कक्षा सम्म प्राथमिक शिक्षा त्यहि गाउमा लिएका थिए ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button
Close