News

दुध बिक्री नभएपछि सडकमा फ्याकियो

भक्तपुर, १३ भदौ । भक्तपुरमा बिक्री नभएपछि आज मुख्य सडकमा दुध फ्याकिएको छ । अरनिको राजमार्गको सुर्यविनायक चोकमा करिव ३०० लिटर दुध सडकमा खन्याएको हो। बिषेधाज्ञाका कारण दुध बिक्रि नभएपछि सुर्यविनायक नगर पालिका वडा नं ८ सुर्यविनायक बलाँकोमा रहेको रानीकोट डेरीका सञ्चालकले दुध बिक्रि नभए पछि बाध्य भएर सडकमा फ्याक्नु परेको बताउनुभयो ।

किसानबाट नियमित संकलन गरेको दुध निषेधाज्ञाका कारण ग्रहाक नआएपछि बिक्रि नभएकोले सडकमा फ्याक्न बाध्य भएको सञ्चालकले बताउनु भयाे । सञ्चलकका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्रै दुध तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइन्छ भने तापनि बिहान देखि सुर्यविनायक चोकमा मान्छे हिडदुलमा कडाई गरेकोले ग्रहाक आउन छाडेपछि दुध बिक्रि नभएको हो ।

पानी र औषधि व्यवसाय मात्रै खोल्न र ओसार पसार गर्न पाउने नियम छ। ‘बिहान ९ बजेसम्म खुल्न दिने भनेपनि प्रहरीले बिहानैदेखि धरपकड थाल्छ, मानिसहरु बाहिर निस्कनै डराएका छन बिक्री ५० प्रतिशतमा घटेको छ’ सापकोटाले भने। काठमाडौंमा दैनिक ७ लाख लिटर दूध खपत हुने गरेकोमा निषेधाज्ञाका कारण अहिले तीन लाख लिटर हाराहारी मात्रै दूग्ध पदार्थ बिक्री हुने गरेको एशोसिएसनले जनाएको छ ।

Related Articles

Back to top button
Close