News

कोरोना संक्रमणबाट आज एकैदिन २० जनाको मृ’त्यु पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृ’त्यु भएको पुष्टि भएको छ । पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रि’फिङका क्रममा १२ जनाको मृ’त्यु भएको भनेको छ । यसमा महोत्तरीका ३, पर्सा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको तथ्यांक जोड्न बाँकी छ ।

काठमाडौं-२१ जैशीदेवल, काठमाडौंकी ५१ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको छ । ३० साउनमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनी उच्च र’त्तचापकी वि’रामी थिइन् ।काठमाडौं-३ बसुन्धरा, काठमाडौंका ८३ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृ’त्यु भएको छ । बीपी स्मृति सामुदायिक अस्पतालमा उपचारत उनलाई शुक्रबार मात्र बलम्बुमा सारिएको थियो ।भक्तपुरकी ६२ वर्षीया कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा शनिबार मृ’त्यु भएको छ । उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।

शुक्रबार भक्तपुर अस्पतालमा मृ’त्यु भएका भक्तपुर-३ भक्तपुरका ८२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । श्वा’स प्र’श्वासमा स’मस्या भएपछि अस्पताल पुगेका म’धुमेहका वि’रामी उनलाई नि’मोनिया समेत भएको थियो ।बिहीबार मृ’त्यु भएका ललितपुर-३२ धापाखेल, ललितपुरका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मिर्गौला रो’गबाट पी’डित उनी ११ गते पाटन अस्पताल भर्ना भएका थिए र मृ’त्यु भएको भोलिपल्ट संक्रमण पुष्टि भएको हो ।महालक्ष्मी-१, ललितपुरका ६१ वर्षीय पुरुषको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा मृ’त्यु भएको छ ।

म’धुमेहका वि’रामी उनी ७ गते अस्पताल भर्ना भएका थिए र ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।भदौया-६ सिराहाका ८४ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको छ । खोकी, ज्वरो र श्वा’सप्रश्वासको स’मस्या दिएर ६ भदौमा अस्पताल भर्ना भएका उनलाई संक्रमण भएको भोलिपल्ट पुष्टि भएको थियो ।तानसेन-८ पाल्पाकी ३० वर्षीय महिलाको लुम्बिनी मेडिकल कलेजमा मृ’त्यु भएको छ । कोरोनासँग मि’ल्दोजुल्दो लक्षण लिएर भर्ना भएका उनलाई संक्रमण भएको ७ भदौमा पुष्टि भएको थियो ।

पोखरा-१४, कास्कीका ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृ’त्यु भएको छ । भदौ ७ गते पेटको अ’परेशन गरेका उनलाई १० गते कोराना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।वीरगञ्ज-२६, पर्साका ४८ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर अस्पतालमा मृ’त्यु भएको छ । नेशनल मेडिकल कलेजबाट रि’फर भएर कोरोना विशेष अस्पतालमा आएको केही समयमै उनको मृ’त्यु भएको हो ।वीरगञ्ज-१२, पर्साका ३९ वर्षीयको काठमाडौं ल्याउने क्रममा बाटैमा मृ’त्यु भएको छ । तराई अस्पतालमा उपचाररत उनलाई शुक्रकार वीरगञ्ज हे’ल्थकेयरमा ल्याइएको थियो ।

तर स्वास्थ्यमा सुधार नभएपछि क्रि’किटर के’यरका लागि स्वास्थ्यकर्मीसहित काठमाडौं रि’फर गरिएको थियो ।वीरगञ्ज-१२, पर्साकी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृ’त्यु भएको छ । पखाला लाग्नुका साथै श्वास प्र’श्वासमा स’मस्या भएर शक्रबार दिउँसो अस्पताल भर्ना भएकी र’क्तचाप समेत निकै कम थियो ।गोरखा नगरपालिका-१३, गोरखाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पताल, चितवनमा शुक्रबार मृ’त्यु भएको छ । ६ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको १० गते पुष्टि भएको थियो ।महोत्तरीकी ६२ वर्षीया महिलाको शनिबार दिउँसो १ः३० बजे पाटन अस्पतालमा मृ’त्यु भएको छ ।

पिपरा गाउँपालिका-७, महोत्तरीका ७० बर्षीय पुरुषको मृ’त्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उनको प्रादेशिक अस्पताल, जनकपुरधाममा शुक्रबार मृ’त्यु भएको थियो ।भंगहा नगरपालिका-१, महोत्तरीका ३५ बर्षीय पुरुषको मृ’त्युपछि संक्रमण पुष्टि भएको छ ।ज्व’रो र रुघाखोकीका साथै सास फे’र्न स’मस्या भएपछि उनलाई शुक्रबा र प्रादेशिक अस्पताल भर्ना भएका उनको शनिबार मृ’त्यु भएको थियो ।निजगढ, बाराकी ४७ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृ’त्यु भएको छ । मिगौृला रो’गबाट पी’डित उनलाई डायलालसिस गर्न २७ साउनमा अस्पताल ल्याइएको थियो ।

त्यही क्रममा कोरोना पुष्टि भएपछि उपचार भइरहेको थियो ।शनिबार न्यूरो अस्पताल, बिराटनगरमा मृ’त्यु भएका पथरी शनिश्चरे-२, मोरङका ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । ३ भदौमा अस्पताल भर्ना भएका उनको कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरिएको थियो, तर शनिबार विहान मृ’त्यु भएका उनको दिउँसो पोजेटिभ रिपोर्ट आएको छ ।गम्हरिया- ३, रौतहटका ३० वर्षीय पुरुषको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयरमा वीरगञ्जमा मृ’त्यु भएको छ । भदौ ११ गते नारायणी अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि शुक्रबार को’भिड अस्पताल सारिएको थियो ।

विनयी त्रिवेणी–६, नवलपुरका ६२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा शनिबार साँझ मृ’त्यु भएको छ । निमोनिया भएर भदौ ४ गते अस्पताल भर्ना भएका उनको स’घन कक्ष (आ’इसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो र, शनिबार मात्रै कोरोना संक्रमण पुस्टि भएको थियो ।अनलाइनखबर

Related Articles

Back to top button
Close