News

काठमाडौमा सवारी चलाउनेमा जोखिम बढेको आशंका, कोटेश्वरका १९ ट्राफिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौ । राजधानी काठमाडौका अधिकांश ट्राफिक प्रहरी संक्रमित भएको हुनसक्ने आशंका बढ्दै गएको छ । कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा एकै पटक कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण पुष्टि भएपछि यो त्रास बढेको हो । ट्राफिकको प्राईमरी कन्ट्याक पब्लिकसँग हुने भएकाले उनीहरु जोखिममा रहेको बुझियो एक प्रहरी अधिकारीले बताए ।

प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ । हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

Related Articles

Back to top button
Close