News

कोरानाका कारण एउटै परिवारका दुई जनाको निधन

विराटनगर । धरानमा एकै परिवारका दुई जनाको कोरोनाका कारण निधन भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट एकै परिवारका दुई जनाको निधन भएको हो ।

धरान नगरपालिका १७ नम्बर वडाका आमा छोराको कोरोनाका कारण निधन भएको हो । कोरोनावाट ७४ वर्षीया आमा र ६० वर्षिय छोराको निधन भएको अस्पतालले जनाएको छ ।

निधन भएकी महिला पुरुषको कान्छी आमा भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जनाएका छन् । उनीहरुलाई कोरोनाको लक्षण देखिने रोग देखिएको थियो । एक साता अघि देखि कोरोनाको लक्षण देखिने रुघाखोकी स्वाशप्रस्वाशमा समस्या र ज्वरो आए पछि अस्पताल भर्ना गरिएको थियो । शनिवार साँझ अस्पताल भर्ना गरिएका उनीहरुको उपचारका क्रममा निधन भएको बताइएको छ ।

अस्पताल पुगे लगत्तै गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको हो । उनीहरुलाई २० मिनेटको अन्तरमा अस्पताल लगिएको थियो । दुवै जनाको निधन ४५ मिनेटको अन्तरमा भएको अस्पतालले जनाएको छ । महिलामा उच्च र’क्त’चाप मधुमेयको समस्या पनि थियो । छोरालाई पनि मधुमेह र दुई महिनादेखि कलेजोमा समस्या भएको परिवारका सदस्यले चिकित्सकलाई बताएका थिए ।

Related Articles

Back to top button
Close