News

अब कतारमा कामदारको न्यूनतम तलब १८ सय रियाल

दोहा ।कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै श्रमिकको न्यनूतम तलब वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने निर्णय गरेको छ । कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् ।कतार सरकारको यो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ । आइएलओले रोजगारदाता परिवर्तन गर्न आफूले काम गरिरहेको रोजगारदाताको अनुमति चाहिने व्यवस्था खारेज तथा खाडी क्षेत्रमा नै भेदभावरहित न्यूनतम ज्याला कार्यान्वयन गरेको जनाएको छ ।

कतारका श्रम मन्त्री युसुफ मोहम्मद अल ओथमन फक्रहुले भने–“कतार आधानिक र समुन्नत श्रम बजार निर्माणका लागि प्रतिवद्ध छ । कतार भिजन २०३० लाई मध्यनजर गर्दा यो निर्णय महत्वपूर्ण हुने छ जहाँ श्रमिक, रोजगारदाता तथा कतारले लाभ प्राप्त गर्नेछ ।” सरकारी राजपत्रमा प्रकाशित भएपछि ६ महिनाभित्रमा लागु हुने जनाइएको छ ।अब कतारमा कार्यरत हरेक श्रमिकलाई आवासका लागि प्रतिमहिना ५ सय रियाल तथा खानाका लागि ३ सय रियाल थप दिनुपर्नेछ । यसले कतारमा खाना तथा आवाससहित न्यूनतम तलब १ हजार ८ सय रियाल हुनेछ ।

कतार पहिले देखिनै नेपाली कामदारहरुको आकर्षक थियो भने अब सरकारले न्युनतम तलब तोकेपछि अझ रोजगारीको आकर्षक गन्तब्य बन्नेछ । कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत रहेका छन् । जसमध्ये करिव ८० प्रतिशत नेपाली निर्माणको क्षेत्रमा काम गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close