News

काठमान्डौ उपत्यकामा आज पनि थपिए थप २९८ जना कोरोना संक्रमित

काठमान्डौ , आज काठमान्डौ उपत्यकामा थप २९८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले काठमान्डौमा १९० जना , भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जना कोरोना

संक्रमित थपिएको जानकारी दिएका हुन् । त्यस्तै नेपालमा आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशका बिभन्न प्रयोगशालामा गरिएको परिक्षणको नतिजा अनुसार ३०३ महिला र ५९६ पुरुष गरि आज थप ८९९ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

प्रबक्ता गौतमका अनुसार आज हालसम्म नेपालमा संक्रमतिहरुको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको उनले बताए ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता

जागेश्वर गाैतमले बताएअनुसार आज देशभर जम्मा ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। अब नेपालमा १७ हजार आठ सय २२ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ३७ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close