News

विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।त्यस्तै वरिष्ठ स्त्री रो’ग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना भाइरस संक्रमण भएको छ।

उनि संगै पत्‍नी डा. सरला घिमिरेमा पनि कोरोना पुष्टि भएको बताएको छ । दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन्। ‘हो, हामी दुवैलाई कोरोना संक्रमण भएको छ। हामी अहिले ह्‍याम्समा भर्न भएका छौं’, उनले भने, ‘कोरोना हुँदैमा कोही पनि आत्तिनुपर्दैन। डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जो’खिममा हुन्छन्। हामी नि’को भएर फेरि काममा फर्किन्छौं।’ डा. रिजालले आफूलाई कोरोना हुँदैमा कसैलाई पनि न’आत्तिन आग्रह गरे ।‘यो लाग्दैमा कोही पनि न’आत्तिनु होला।

आफ्नो टोल छिमेकमा कसैलाई देखियो भने दु’र्व्यवहार नगरौं’, उनले भने, ‘यो जोसुकैलाई हुन सक्छ। पछिल्लो पटक बानेश्‍वर र चितवनसहितमा चिकित्सकमाथि भएका घ’टना नि’न्दनीय छन्। त्यो हामी नेपालीहरुको सं’स्कारअनुसार भएका घ’टना हुँदै होइनन्।’ उनले कोरोना नियन्त्रणमा अ’होरात्र ख’टिएकाहरुको म’नोबल बढाइराख्‍न पनि अ’पिल समेत गरेका छन् ।

Related Articles

Back to top button
Close