News

रातभरी खानाको पोका बनाउने दिनभरी बाँड्ने सुवास न्यौपाने भन्छन् -‘सक्नेले सहयोग गरौं’

सुवास न्यौपाने बझभोली प्रायस् बाइको पछाडि पोका बोकेर हिँडेको भेटिन्छन् । उनलाई आजकाल फुर्सद छैन् । आजभोली उनी निकै व्यस्त छन् । उनी कहिले पुग्छन् त काँडाधारी कहिले कागेश्वरी मनोहरा कहिले जोरपाटी । उनी बुलेट बाइक लिएर निषेधाज्ञाको मौका छोपी घुम्न निस्किएका हैनन् ।

उनी नियमित जसो बुलेट बाइकको पछाडि धेरै पोकाहरु बोकेर बाटो बाटोमा निस्किन्छन् । जेला मजदुरी गरेर खानेहरुले निषेधाज्ञामा काम नपाएर दाल चामल नै किन्न नसकेको अवस्थामा उनी त्यहाँ गएर ती पोकाहरु वितरण गर्छन् । माक्स नलगाई बाटोमा हिडेको देखे भने हतपत झोलाबाट माक्स निकालेर सम्झाउँदै दिन्छन् । उनी स्थायी घर सिन्धुपाल्चोक, इन्द्रावति गाउँपालिका–११, न्यौपानेटारका सुवास न्यौपाने हुन् । हाल उनी काठमाडौंको मुलपानी-६ मा विगत ५ वर्षदेखि बस्दै आएका छन् ।

न्यौपाने विहानै बाइकको पछाडि चामल दाल मसेउरा र विस्कुट हालेर बनाइएका पोकाहरु लिएर घरबाट निस्कन्छन् । निषेधाज्ञाका कारण खाना नै खान धौ–धौ परेकाहरुलाई उनी खोज्दै ती सामाग्रहरु वितरण गर्दै हिड्छन् । उनले गत ३ दिनदेखि यस्तै काम गर्दै आएका छन् । २ जनाको परिवारलाई ३ दिनसम्म पुग्ने खाद्यन्न सामाग्री न्यौपानेले वितरण गरिरहेका छन् । ‘मैले अहिले धेरै खाद्य सामाग्री त वितरण गर्न सकेको छैन् । तर, जेलादारी गरेर खानेहरु कोही पनि भोको नरहुन भनेर मैले यो सानो सहयोग गरेको हुँ ।’ उनले भने, ‘अहिलेसम्म मैले मनोहरा कागेश्वरी, काडाघारी, जोरपाटी र पशुपति क्षेत्रमा खाद्यन्न सकिएर समस्यामा रहेकाहरुलाई सहयोग गरेको छु ।’ उनी रातभरी सामानका पोका बनाउँछन् । ‘यसरी पोका बनाएको देखेर आमा बुवाले सोध्ने पनि गर्नुहुन्छ । तर, उहाँहरुले नै हो मलाई यसरी असहायहरुलाई सहयोग गर्नुपर्छ भनेर सिकाउँनु भएको,’ उनी भन्छन् ।

विश्व नै अहिले कोरोना भाइरसको चपेटामा परेको छ । कोरोना कै कारण धेरैका रोजगारीका अवसरहरु गुमेका छन् । यो हाम्रो देशको मात्र समस्या हैन । त्यही पनि हाम्रो जस्तो आर्थिक अवस्थामा कमजोर मुलुकका ज्यालादारी गरेर खानेहरु अहिले ठूलो समस्यामा परेका छन् । अझ भनौ दिनमा काम नगरी साँझमा चुलो नबल्नेहरुको त अझ विल्लिबाठ भएको छ । उनीहरुका बालबच्चाहरु भोकले चिच्याउँदा पनि सुनेर बस्ने स्थिति छ । बाहिर निस्कन निषेधाज्ञा छ । काम गर्न जाउँ पुलिसले कुखुरा बनाउँछन् ।

कोरोनाले भन्दा भोको पेटले तर्साउँछ । यस्तो बेलामा सरकारको ध्याय यस्ता निम्न वर्गीय वा विहान काम नगरी बेलुका छाक नटर्नेसम्म पुग्दैन् । दयामायाँले कसैले दिए भोक टर्छ । समाज सेविले वितरण गरेको दुई छाक खाएर उनीहरु जीवन बचाउँन बाध्य छन् । उनी भन्छन्, ‘निषेधाज्ञाको मारमा धेरै छन् । हामी जस्ता सक्नेले नै उहाँहरुलाई सहयोग गर्ने हो ।’
न्यौपाने दुवईको मार्काहोल्डिङ कम्पनीको अकाउन्टेन हुन् । उनी गत पुसमा नेपाल आएका थिए । विश्वव्यापी फैलिएको कोरोना भाइरस र लकडाउन उनी दुवई फर्कन समय एक वर्ष लम्बिएको हो । न्यौपानेले योभन्दा पहिला पनि धुर्मुस सुन्तली फाउण्डेसनद्वारा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५० हजार सहयोेग गरेका थिए । उनी आफ्नो पहुँचले भ्याएसम्म अझै पनि सहयोग गर्दै जाने बताउँछन् ।

Related Articles

Back to top button
Close