News

चर्को भाडा राखेर अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी, अलपत्र कामदार मारमा

काठमाडौं । एयरलाइन्सहरुले चर्को भाडादर राखेर नियमति अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेसंगै बिदेशमा अलपत्र कामदार थप समस्यामा परेका छन् ।सरकारले चार्टड उडानमा तोकेको भाडादर भन्दा पनि एयरलान्सहरुले नियमित उडानमा दोब्वर शूल्क लिए पछि विदेशमा अलपत्र परेका कामदार स्वेदश फर्कन नसक्ने भएका छन् ।एयरलान्सहरुले लिएको यो शुल्क सामान्य समयका भन्दा दोब्वर हो । सरकारले भदौ १६ गते देखि नियमित उडानबाट बिदेशमा कोरोनाको महामारीबाट रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई चर्को शुल्क तिराएर फर्काउने तयारीगरे पछि कामदार थप मारमा परेका हुन् ।

केही बिमान कम्पनी र ट्राभल एजेन्सीहरुले महँगो दरको टिकट देखाएर बिक्री गरे पछि कामदारलाई घर फर्कन कठिन भएको हो । बिमान कम्पनी र ट्राभल एजेन्सीले इकोनोमिक क्लासमा पनि टिकट महँगो फेयर उडाइरहेका छन । सामान्य समयमा भन्दा हाल इकोनोमिक क्लासमा टिकटको भाडादर दोब्वर सम्म उठाइएको छ ।कस्तो छ भाडादर ?पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका अनुसार ११ वटा विमान कम्पनीहरुलाई उडान अनुमति दिइएको छ । भाडा दर चर्को तोकिएको चर्चा सुरु भएपछि सरकारले चासो देखाएको छ ।

बिमान कम्पनीहरुले बिदेशमा रोजगारी गुमाएर अपलत्र परेका नेपाली नागरिकलाई चर्को भाडादर राखेर नियमित उडान सञ्चालन गर्दा अलपत्र नागरिकलाई भाडा खर्च जुटाउनै मुश्किल परेको छ । बिमान कम्पनीहरुले तय गरेको चर्को भाडादरको कारण अपलत्र नेपाली नागरिक घर फर्कने हवाई भाडा तिर्न नसक्ने अवस्थाम पुगे पछि दूतावासहरुको शरणमा पुग्ने बाध्यता बनेको छ ।

Related Articles

Back to top button
Close